BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Facebook

Please like in Facebook Page

Pages

BB

Saturday, September 26, 2020

समय अनि भोगाइ


जिन्दगी कहिले शितल धरातल जस्तै लाग्छ त कहिले बर्षातको गरम मौसम जस्तै। यस्तै घाम, पानी र बर्सातको रुपमा निरन्तर चलिरहने एक चर्या हो जीवन। कुनै क्षणले रमाइलो अनुभूति दिन्छ, कुनै क्षणले दुख नै दुखको अनुभूति दिन्छ। जुन समयले जुन क्षणको अनुभूति दिलाए पनि कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ। यिनै अनुभूतिहरुले जिन्दगीमा नयाँ नयाँ आयाम थपिरहेको हुन्छ। जिन्दगी सोचेको जस्तो अनि खोजेको जस्तो भए संसारमा सबै सुखी नै सुखी अनि खुसि अनि खुसि हुने थिए, बिडम्बना जीवन न त सोचे जस्तो हुन्छ न त खोजे जस्तो हुन्छ। यो त आफ्नो तरहको
हुन्छ अनि हामी पनि त्यसरी नै बहन्छौ जता जता यो बहिदिन्छ । समयले नै जीवनलाइ डोरयाउदै लान्छ अनि हामी पनि त्यसरी नै चलिरहन्छौ। समय नै सबैभन्दा शक्तिशाली यन्त्र हो जसले हाम्रो जीवनमा नियन्त्रण लिएको हुन्छ। त्यसैले त भनाइ छ समय संग जब हामी जुध्न सक्दैनौ तब जीवनलाई सहि तरिकाले चाल्न सक्दौनौ। यथार्थमा समय र भोगाइको मिश्रण हो जीवन।

 यिनै महान समयको पछि लाग्दा लाग्दै अनि यहि संग चल्दा चल्दै एकदिन यो संसारबाट चटक्क बिदा लिनु पर्ने हुन्छ। समय जस्तो भए पनि, परिस्थिति सोचे भन्दा फरक भए पनि यो जीवन सुन्दर छ। यस बिशाल धरातलमा हामी केहि समयको लागि रमाउन आएका हौ, यहाका आकाश, यहाका हावा, माटो अनि सबका सब चिजले यसै भनिरहेको हुन्छ। तिमी यस धर्तीमा केहि समयका लागि खेल्न आएका छौ, रम्न आएका छौ त्यसैले जति सम्म सक्छौ मनोरंजन लिनु। हो यदि हामी मनबाट चाहना लियो भने जीवनमा जतिसुकै पिडा होस् या त बेदना होस् कुनै कुराले छेक्न सक्दैन। तर जब अभाब र बिकराल कुराहरु मात्र दिमागमा खेलाई रह्यो भने जीवन संधै जिर्ण हुन्छ, खोक्रो बन्छ अनि निराश हुन्छ। यदि भौतिक सुख सयल बाट आफ्नो मन र दिमागलाई टाढा राखेर त्यो स्वच्छ हावा, शितल धर्ति अनि उज्यालो दिनहरुलाई जब कल्पनामा अङ्गाल्छौ आहा जिन्दगी कति रमाइलो लाग्छ। संधैभरी बसन्त, संधै हरियाली अनि संधै सुन्दर । त्यसैले हेर्ने आँखा र मन जतातिर डोर्यायो त्यस्तै बन्छ जीवन पनि। 


 जिन्दगीमा अभाब र समस्या बिनाको पल कमैको हुन्छ। समस्याबिनाको मान्छे त्यो मात्र हुन्छ जसको शरीर आर्यघाटमा जलिरहेको हुन्छ। दुख , अभाब र समस्याले जिन्दगीलाई पूर्णता दिरहेको हुन्छ किनकी हरेक समस्याको एउटा समाधान निस्कन्छ त्यो समाधानको लागि जब हामी हाम्रो दिमाग लगाउछौ त्यसबाट कुनै न कुनै नया ज्ञान सिकिरहेको हुञ्छौ। त्यसले समस्या र दुखसंग भाग्ने भन्दा यो संग लड्नु पर्छ, भोग्नु पर्छ अनि यस्ता चुनौतिको सामना गर्दै अगि बढ्नु पर्छ। एउटा समस्याको समाधान पछि अर्को समस्याको जन्म हुन्छ भने झैँ आज यो काम गरेर सक्ने सोच गर्यो फेरि भोलि अर्को काम टुप्लुक्क आइपुग्छ। त्यसैले भोलि, या त पर्सि मात्र रमाइलो गरुला, त्यसपछि खुसि बनुला भन्ने कल्पना गर्दा गर्दै त्यो घडी टुप्लुक्क आइपुग्छ जब हामी यस सुन्दर संसारबाट बिदा हुने समय नाजिकिरहेको हुन्छ। हुनत जीवनलाई निरन्तरता दिनको लागि, भोलिको कल्पना र सपना प्रमुख कडी नै हो यधपि कतिपय भोलि भनेर थाती राख्दा धेरै ढिलो पनि हुने गर्छ। त्यसैले यसपछि रमाउला, त्यसपछि मात्र खुसि बनुला भन्ने सोच चाही टाढा सारेको राम्रो। जीवन छ र रमाइलो छ, बाचेको छौ र त हासेको छौ। के थाहा हरेक दिन कसै न कसैको मृत्युको समाचार गुन्जिए झैँ भोलि कुन दिन हामी पनि त्यहि समाचार नबनुला। 


 बाचुन्जेलसम्म हामीलाई घमण्ड आउछ, लोभी र चाकडी भावना पनि आउछ। 'मै खाऊ, मै लाउ अरु सबै मरुन" भन्ने पापी मनहरु पनि नजन्मिने होइनन् किनकी बचुन्जेली सम्म सबैलाई आफुनै सबै भन्दा राम्रो, सबै भन्दा उत्कृस्ट अनि सबै भन्दा सुखी हुने भावना जाग्छ तर आफु मात्र सुखी र खुसि हुँदा अरुलाई कुन किसिमको असर परेको छ भन्ने हेक्का प्राय कमैलाई हुन्छ। जीवन दुइ दिनको पाहुना हो, जब हामी कसैलाई माया गर्छौ, कसैलाई सहयोग गर्छौ, दुख र पिडामा मलम लगाउने काम गर्छौ तिनै अनुभूतिहरु मात्र सम्झनाको लागि बाकि रहन्छ। कसै संग मिठो बोल्दैमा को सानो हुन्छ, कसैलाई दुख र आपतमा सकेको सानो सहयोग गर्दैमा को गरिब हुन्छ। त्यसैले कसैको दुखेको आत्मामा मलम लाउन ठुलै परिश्रम गर्नु पर्दैन, मिठो बोलि, नम्र ब्यबहार र स्वह्रिदयी आत्मा भए काफी हुन्छ। कसैलाई आदर गर्दा त्यसको प्रतिफल आदर नै मिल्छ, माया गर्दा माया मिल्छ भने कसैलाई घृणा गर्दा आफुलाई पनि त्यस्तै मिल्छ। यो धर्ति, यो हावा, यो पानी अनि यो माटो सबै हामीलाइ प्रकृतिले दिएका अमुल्य उपहार हुन्। त्यसैले म मात्र यसको हकदार हो, मै मात्र बाचू, मै मात्र खाऊ भन्ने कल्पना भन्दा पनि हामी सबै बाचौ, सबै जना यस सुन्दर धर्तीमा रमौ भन्ने सोच आयो भने संधै हामीमा एकताको भावना आउछ। जीवनमा खुसीले छाउछ अनि दुखहरु सुखमा परिणत हुन्छन, पीडाहरु अमुल्य रहरहरुमा परिणत हुन्छन् । जिन्दगी एक भोगाइ हो, भोग्दै, सिक्दै अनि रमाउदै हिडौ ताकि भोलि यो संसारबाट टाढा भए पनि बाकि हुनेहरु हामीलाई सम्झिरहने छन्। समाप्त 
 By Indira Chongbang
09/26/2020

0 comments: