BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Follow by Email

Facebook

Please like in Facebook Page

Pages

BB

Saturday, October 17, 2020

बिगतका ती दिनलाई फर्केर हेर्दा ( दंशैं )


स्वदेशमा जब जब दशैँ, तिहार जस्ता चाड आउछन्  तब बिदेशीमनमा संधै त्यहि बालापनको सम्झना र रमाइला  पलहरु दिमागभरि ताजा भएर आइपुग्छ। जहाँ रंगी बिरंगी फूलहरुको बर्षा हुन्थ्यो, घर घरमा नयाँ लुगा लगाउने रहर, घरलाई झिलिमिल्ली  सिगारेको त्यो पल , नयाँ लुगा लगाउदै पिङ्ग खेल्न दौडिएको त्यो समय।  आहा अब त केवल सम्झना बाहेक के नै पो रहर्यो र ।  जब नेपालमा आमालाई फोन गर्छु, आमा भन्नुहुन्छ; " यहाँ त दशैँ आयो नानी, तिमीहरु कसरी मनाउछौ, छुट्टी मिल्छ कि मिल्दैन् होला, कहिले घर आउने ? " यस्तै जिज्ञासा रहेको हुन्छ

Parbati, Pramila, Patma, Indira and Gita at Pokhara


आमाको संधै।   " हामी मनाउछौ  नि आमा, छुट्टी भएको समय मिलाएर भेटघाट गर्छु, चिन्ता नलिनु है  " यस्तै  हुन्छ मेरो जवाफ ।  यहाँ त दशैँ, तिहार जे जस्तो आए पनि  नेपालको जस्तो छुट्टी कहाँ पाउनु ? त्यति धेरै साथीहरु अनि आफन्तहरु संग भेट्ने अवसर कहाँ पाउनु ? हुनत साथीहरु संगको भेटघाट, आफन्त संगको भेटघाट त जहाँ गए पनि भईरहन्छ, तर  खोइ र कहाँ छ छुट्टी ? कहाँ हुन्छ घरलाई बेहुली जस्तै सिगार्ने त्यो जाँगर अनि त्यो घर , कहाँ छ दाजुभाइहरुको दसैँ आयो, तिहार आयो, झिलीमिलि झिल्का, तातो रोटी मिल्का भन्दै घर घरमा नाच्ने गाउने ती रमाइला  लावा लस्करहरु ? छ त केवल मात्र सम्झना। 

गाँउ घरका केटा केटीलाई दशैँ तिहार जतिको रमाइलो पल सयादै अरु कमै छन् । मेरो सम्झना  त स्कुलको १५ दिनको बिदा, घरलाई सबैजना मिलेर  सिंगार गरेर रमाइलो त्यो पल, घरको आँगन भरि फुलै फूलले हराभरा भएको त्यो रमाइलो वातावरण, वरिपरि खेतमा  धान पाकेर  खेतबारी नै सुनौलो   भएको त्यो  क्षण, त्यसैको सुगन्धमा प्रफुल्ल रमिरहेको मेरो गाँउ, अहिले यो दशैँ भन्ने शब्द सुन्ने  बित्तिकै कुटुक्क मन दुख्छ मेरो ।  फेरि म त्यो ठाउँ कहिले पुगिएला, पहिलेका जस्तै  ती रमाइला पलहरुलाई  कहिले अंकमाल गरुला, यस्तै अनगिन्ती प्रश्नहरु खडा हुन्छन् आफैभित्र ।   म सानो छँदा मेरो एकजना साथी थिइन साइनोमा भदैनी,( मिना )।  उनि र म छ महिनाको फरक मा जन्मिएको अरे, हामी दशैको टिका को दिन आ आफ्नो घरमा टिका लगाई सके पछि नजिकको आफन्त कहाँ टिकाको लागि  संगै जान्थेउ  त्यसपछि गाउभरि आ आफ्नो ठुला बढा कहाँ ।   हामी यति आत्मीय थियौ कि   प्राय हरेक ठाउँ संगसंगै जानु पर्ने, संगसंगै खेल्नु पर्ने नत्र त दिन नै खल्लो हुने  ।  हरेक दशैमा हामी टिकाको दिन दिउसो भरि संगै गाउघरमा  टिका लगाउन  साथीहरु संग जान्थेउ , सबैले टिका लगाइदिदै  दक्षिणा दिन्थे  , घरमा आए पछि कसको पैसा कति भयो भन्ने हिसाब किताब हुन्थ्यो ।  ती  क्षणहरु  सम्झिंदा सारै रमाइलो लाग्छ अनि त्यो बालापनको निर्दोषमनहरु सम्झिंदा  हासो पनि लाग्छ। 

हाम्रो गाँउमा लुगा सिलाउने जम्मा दुइ परिवार थिए। दशैताका सबैकोघरमा पालै पालो लुगा सिलाउने दिन हुन्थ्यो।  कहिले बाबा सदरमुकाम गएर हामीलाई रेडिमेड लुगा ल्याइदिनु हुन्थ्यो, तर प्राय जसो एकजनालाई बोकाएर कपडाको थान नै घर आइपुग्थ्यो।  रेडिमेड कपडा सुटुक्क बाबाको ब्यागबाट निस्किंदा हामीलाई सर्प्राइज हुने।  बाबाले पनि मा अलि झिल्कि भएकोले हो कि खोइ दिदीलाई अलि साधारण कलरको भए पनि मेरो चाही अलि रंगिन खालको हुने।  म सानो हुँदा मलाई धेरै बुट्टा भएको अनि अरु भन्दा अलग  डिजाइन भएको लुगा मन पर्ने, हाम्रो लागि लुगा बनाइदिनु हुने दाइले मलाई धेरै माया गर्नु हुन्थ्यो।  म घरकी कान्छी छोरी भएकीले मलाई कसरी खुसि पार्नु  पर्छ उहालाई राम्रो थाहा थियो।  मलाई कस्तो प्रकारको डिजाइन  मन पर्छ भन्ने पनि उहालाई थाहा थियो त्यसैले अरुको भन्दा फरक धेरै  मेहनत गरेर मलाई  लुगा  बनाइदिनु हुन्थ्यो।  भोलि फूलपाती भन्दा आज चाही सबै सिलाई सक्नु पर्ने किन भने फूलपातीको दिनदेखि भने नयाँ  लुगा लगाएर पिङ्ग खेल्न हतार हुन्थ्यो।  त्यसैले कहिले दुइ दिन दिनमा सकिन्थ्यो त कहिले भने हप्ता जस्तै लाग्थ्यो। 


हाम्रो घरको मुनि एउटा ठुलो बरको बोट थियो, त्यहि बोटमा एकताका दशैमा ठुलो पिङ्ग बनेको थियो।  त्यो ठाउमा बजार जस्तै हुन्थ्यो किनकी   गाउघर  मान्छे देखि लिएर टाढा गाँउका मान्छे हरु पनि त्यहाँ  पिङ्ग खेल्न आउथे ।  जो पहिले आयो त्यहि अनुसार  सबैले पालो पर्खिनु पर्ने। म र मेरो साथी सानै   थियौ त्यसैले  आफ्नो पालो कुर्दा कुर्दा नपाए पछि आफु भन्दा ठुलो दिदी  दाजुहरुले सहयोग गर्नु हुन्थ्यो ।  आफु नखेले पनि अरु खेलेको देख्दा रमाइलो लाग्थ्यो।  तर अहिले आएर भने कहाली लागेर आउछ, त्यो बरको बोट मुनि ठुलो खोल्सा छ अनि चट्टान नै चट्टान भरिएको ठाउ छ , कहिँ कोहि त्यो पिङ्ग माथि पुगेको बेला झरेको भए ? ओहो अहिले पो तिरिङ्ग हुन्छु , धन्न त्यो समयमा कसैलाई केहि भएन।  सबै जना रमाए।  कोहि कोहि त कसले माथि पुर्याउने भनेर बाजी पनि खेल्थे आफु भने त्यो समयमा अलि  हिम्मत थिएन, पालो आए पछि  सुइय हुर्रिने, आकाशमा पुगेको रमाइलो महसुश गर्ने  अनि अन्य  समय अरु मच्चिएको हेरेर रमाइलो गर्ने बाहेक। 

तिहारको रमाइलो बेग्लै हुन्थ्यो।  कुकुर तिहार देखि घरमा माला बनाउनु सुरु गर्नु पर्ने।  घरमा भएको सबै भाडा कुड़ाको लागि पनि माला  बनाउनु पर्ने।  गाइ, गोरु, मान्छे देखि लिएर सबै झ्याल, ढोकाको सबैको लागि थरिथरिको माला बनाउदा कम्ति मज्जा आउँदैन  थियो। आफ्नो  गाँउघर देखि लिएर टाढा टाढा गाँउ घरबाट पनि देउसी भैलोको  नाचगान  घर घरमा झिलिमिली बत्ति बालेर आउंथे, रमाइला गीत  संगीतको धुनमा नाचगान गर्थे अन्तिममा नाग्लोमा सेलरोटी, पैसा अनि अरु केहि सिदा राखे पछि  आशिर्बाद दिन्थे कम्ता रमाइलो हुन्न थियो ती आशिर्बादको गीतहरु सुन्न ।  नाचगानको रमाइलो त बेग्लै थियो देउसी आउनेको रमाइलो अर्कै ।  हाम्रो गाँउमा एकजना गिताराम भन्ने दाइ देउसी खेल्ने समयमा सारै राम्रो कथा भन्नु हुन्थ्यो।   अहिले सम्म मेरो दिमागमा त्यो ताजै छ, त्यो देउसी गीतको तालमा गाएको  गीति कथा घरको कौसीमा बसेर सुनेको पल हिजो जस्तै लाग्छ, आफ्नो घरमा सकिए पछि फेरि अर्को घरमा पनि गएर सुनु जस्तै लागेको थियो । मैले आमालाई भनेकी पनि थिए फेरि उहाहरुलाई हाम्रो घरमा बोलाउनु मिल्दैन आमा।  आमाले अबो अर्को साल भन्नु भएको थियो म संधै अर्को तिहार पर्खि रहन्थे तर एकदिन उहाहरु संधैको लागि गाँउ छाडेर शहर जानु भयो।  

हाम्रो घरकै छेउमा हाट बजार लाग्थ्यो, अरु समय दिनमा मात्र हुने त्यो हाट  तिहारको समयमा दुइ तिन रात जस्तै लाग्थ्यो । रातमा  भैली खेल्ने, बजार जाने, अनि दाजु भाइको लागि भनेर रंगी चंगी माला रातभर बनाएको  त्यो क्षण अहिले केवल सम्झनामा मात्र सिमित छ।  एक सालको तिहारमा मेरो बाबा कतै टाढा जानु भएको थियो , हाम्रो गाँउमा  एकजना दिदी हुनुहुन्थ्यो मैले नाम चाहि बिर्सिए, त्यो दिदीले कर गरेर आमाले एक रात हामी तिन जना छोरा छोरी  लिएर राति बजार जानु भएको थियो।  त्यो दिदी चाही गित गाउनु र भैलिनी खेल्नुमा सारै अब्बल, मेरो आमा पनि अलि अलि सहयोग गर्नु हुन्थ्यो हामी सबै केटा केटि सुनेर मक्ख।  सुनेर  रमाइलो हुँदै थियो तर राति म कतिखेर निदाए थाहा भएन बिहान बिउझिंदा आफ्नै ओछ्यानमा सुतिरहेको थिए। समय यस्तै रमाइलो, उकाली ओराली हुन्थ्यो तर दशैँ र तिहारको समयमा रमाइला पल बाहेक अरु कुनै अप्रिय घटनाको सम्झना छैन। 


अलि ठुलो भए पछि पढ्नको लागि शहर पसियो , त्यो गाँउघरको  रमाइलो पलहरु सम्झनामा सिमित रह्यो।  जतिसुकै रमाइलो भए पनि अहिले ती  समयहरु धेरै टाढा भईसकेका छन् मात्र छ सम्झना हरु।   अहिले सम्झिंदा त्यो समयमा पनि गरिब र दुखिलाइ अति नै दुख परेको  रहेछ।  त्यतिमात्र होइन राज्यको शाशकहरुले जबर्जस्ति दशैँ मनाउन पनि लगाएका रहेछन् । देशलाई हिन्दु देशको एकल देश बनाएर अन्य धर्मवालाम्बी माथि अत्याचार भएको रहेछ।   मार हानेर सबैको घरमा रगतको छाप हुनु पर्ने नत्र त्यसलाई अस्विकार गर्नेलाइ त्यो समयको सरकारले कारबाही गर्ने प्रचलन थिएछ।  यो बुझे पछि केटाकेटीपनमा भएको खुसिमा तुसारापात छायो।  आफ्नै देशमा पनि एक जातीय र एक धर्मको अरु माथि गर्ने दमन र सड्यन्त्रकारी ब्यबहारले मन कटक्क पोल्छ।   त्यति मात्र होइन चाडबाड मनाउने नाममा अरु निर्दोष प्राणीको हत्या गरेर, धर्मको नाममा मार हान्ने परम्परा पनि अत्यन्त नाजायज लाग्छ।  आफु खुशी  हुनुको लागि निर्दोष प्राणीको हत्या गर्नु पर्ने, अरुको ज्यान लिएर आफु खुसि हुनु पर्ने यी प्रब्रिदिले चाँही  सारै मन दुख्छ ।  चाड मनाउनु, सुखी हुनु र रमाउनुको लागि हत्या हिम्सा गरेर मात्र होइन, तडक भडक  गरेर मात्र, महंगा सामग्रीको प्रयोग गरेर मात्र  होइन सामान्य रुपमा आफु संग जे छ त्यसैमा रमाउन पनि सकिन्छ।  चाडको नाममा आफु संग नभए पनि ठुलो हुनु पर्ने, देखाउनु पर्ने, राम्रै लाउनु पर्ने, खानु पर्ने जस्ता देखाशेखिका  प्रब्रिदिले कतिपयलाई हुन् सम्म को पिडा पनि छ।  त्यसैले म त भन्छु, घाटी हेरेर हाड निलौ , दशैँ भन्दै दशा लाइ निम्तो नगरौ। आफु संग जे छ जस्तो छ त्यसैमा रम्न सिकौ।  आफु पनि रमाउ, अरुलाई पनि रम्न देऔ।  

समाप्त 

Written by

Indira Chongbang

10/17/2020











Saturday, September 26, 2020

समय अनि भोगाइ


जिन्दगी कहिले शितल धरातल जस्तै लाग्छ त कहिले बर्षातको गरम मौसम जस्तै। यस्तै घाम, पानी र बर्सातको रुपमा निरन्तर चलिरहने एक चर्या हो जीवन। कुनै क्षणले रमाइलो अनुभूति दिन्छ, कुनै क्षणले दुख नै दुखको अनुभूति दिन्छ। जुन समयले जुन क्षणको अनुभूति दिलाए पनि कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ। यिनै अनुभूतिहरुले जिन्दगीमा नयाँ नयाँ आयाम थपिरहेको हुन्छ। जिन्दगी सोचेको जस्तो अनि खोजेको जस्तो भए संसारमा सबै सुखी नै सुखी अनि खुसि अनि खुसि हुने थिए, बिडम्बना जीवन न त सोचे जस्तो हुन्छ न त खोजे जस्तो हुन्छ। यो त आफ्नो तरहको
हुन्छ अनि हामी पनि त्यसरी नै बहन्छौ जता जता यो बहिदिन्छ । समयले नै जीवनलाइ डोरयाउदै लान्छ अनि हामी पनि त्यसरी नै चलिरहन्छौ। समय नै सबैभन्दा शक्तिशाली यन्त्र हो जसले हाम्रो जीवनमा नियन्त्रण लिएको हुन्छ। त्यसैले त भनाइ छ समय संग जब हामी जुध्न सक्दैनौ तब जीवनलाई सहि तरिकाले चाल्न सक्दौनौ। यथार्थमा समय र भोगाइको मिश्रण हो जीवन।

 यिनै महान समयको पछि लाग्दा लाग्दै अनि यहि संग चल्दा चल्दै एकदिन यो संसारबाट चटक्क बिदा लिनु पर्ने हुन्छ। समय जस्तो भए पनि, परिस्थिति सोचे भन्दा फरक भए पनि यो जीवन सुन्दर छ। यस बिशाल धरातलमा हामी केहि समयको लागि रमाउन आएका हौ, यहाका आकाश, यहाका हावा, माटो अनि सबका सब चिजले यसै भनिरहेको हुन्छ। तिमी यस धर्तीमा केहि समयका लागि खेल्न आएका छौ, रम्न आएका छौ त्यसैले जति सम्म सक्छौ मनोरंजन लिनु। हो यदि हामी मनबाट चाहना लियो भने जीवनमा जतिसुकै पिडा होस् या त बेदना होस् कुनै कुराले छेक्न सक्दैन। तर जब अभाब र बिकराल कुराहरु मात्र दिमागमा खेलाई रह्यो भने जीवन संधै जिर्ण हुन्छ, खोक्रो बन्छ अनि निराश हुन्छ। यदि भौतिक सुख सयल बाट आफ्नो मन र दिमागलाई टाढा राखेर त्यो स्वच्छ हावा, शितल धर्ति अनि उज्यालो दिनहरुलाई जब कल्पनामा अङ्गाल्छौ आहा जिन्दगी कति रमाइलो लाग्छ। संधैभरी बसन्त, संधै हरियाली अनि संधै सुन्दर । त्यसैले हेर्ने आँखा र मन जतातिर डोर्यायो त्यस्तै बन्छ जीवन पनि। 


 जिन्दगीमा अभाब र समस्या बिनाको पल कमैको हुन्छ। समस्याबिनाको मान्छे त्यो मात्र हुन्छ जसको शरीर आर्यघाटमा जलिरहेको हुन्छ। दुख , अभाब र समस्याले जिन्दगीलाई पूर्णता दिरहेको हुन्छ किनकी हरेक समस्याको एउटा समाधान निस्कन्छ त्यो समाधानको लागि जब हामी हाम्रो दिमाग लगाउछौ त्यसबाट कुनै न कुनै नया ज्ञान सिकिरहेको हुञ्छौ। त्यसले समस्या र दुखसंग भाग्ने भन्दा यो संग लड्नु पर्छ, भोग्नु पर्छ अनि यस्ता चुनौतिको सामना गर्दै अगि बढ्नु पर्छ। एउटा समस्याको समाधान पछि अर्को समस्याको जन्म हुन्छ भने झैँ आज यो काम गरेर सक्ने सोच गर्यो फेरि भोलि अर्को काम टुप्लुक्क आइपुग्छ। त्यसैले भोलि, या त पर्सि मात्र रमाइलो गरुला, त्यसपछि खुसि बनुला भन्ने कल्पना गर्दा गर्दै त्यो घडी टुप्लुक्क आइपुग्छ जब हामी यस सुन्दर संसारबाट बिदा हुने समय नाजिकिरहेको हुन्छ। हुनत जीवनलाई निरन्तरता दिनको लागि, भोलिको कल्पना र सपना प्रमुख कडी नै हो यधपि कतिपय भोलि भनेर थाती राख्दा धेरै ढिलो पनि हुने गर्छ। त्यसैले यसपछि रमाउला, त्यसपछि मात्र खुसि बनुला भन्ने सोच चाही टाढा सारेको राम्रो। जीवन छ र रमाइलो छ, बाचेको छौ र त हासेको छौ। के थाहा हरेक दिन कसै न कसैको मृत्युको समाचार गुन्जिए झैँ भोलि कुन दिन हामी पनि त्यहि समाचार नबनुला। 


 बाचुन्जेलसम्म हामीलाई घमण्ड आउछ, लोभी र चाकडी भावना पनि आउछ। 'मै खाऊ, मै लाउ अरु सबै मरुन" भन्ने पापी मनहरु पनि नजन्मिने होइनन् किनकी बचुन्जेली सम्म सबैलाई आफुनै सबै भन्दा राम्रो, सबै भन्दा उत्कृस्ट अनि सबै भन्दा सुखी हुने भावना जाग्छ तर आफु मात्र सुखी र खुसि हुँदा अरुलाई कुन किसिमको असर परेको छ भन्ने हेक्का प्राय कमैलाई हुन्छ। जीवन दुइ दिनको पाहुना हो, जब हामी कसैलाई माया गर्छौ, कसैलाई सहयोग गर्छौ, दुख र पिडामा मलम लगाउने काम गर्छौ तिनै अनुभूतिहरु मात्र सम्झनाको लागि बाकि रहन्छ। कसै संग मिठो बोल्दैमा को सानो हुन्छ, कसैलाई दुख र आपतमा सकेको सानो सहयोग गर्दैमा को गरिब हुन्छ। त्यसैले कसैको दुखेको आत्मामा मलम लाउन ठुलै परिश्रम गर्नु पर्दैन, मिठो बोलि, नम्र ब्यबहार र स्वह्रिदयी आत्मा भए काफी हुन्छ। कसैलाई आदर गर्दा त्यसको प्रतिफल आदर नै मिल्छ, माया गर्दा माया मिल्छ भने कसैलाई घृणा गर्दा आफुलाई पनि त्यस्तै मिल्छ। यो धर्ति, यो हावा, यो पानी अनि यो माटो सबै हामीलाइ प्रकृतिले दिएका अमुल्य उपहार हुन्। त्यसैले म मात्र यसको हकदार हो, मै मात्र बाचू, मै मात्र खाऊ भन्ने कल्पना भन्दा पनि हामी सबै बाचौ, सबै जना यस सुन्दर धर्तीमा रमौ भन्ने सोच आयो भने संधै हामीमा एकताको भावना आउछ। जीवनमा खुसीले छाउछ अनि दुखहरु सुखमा परिणत हुन्छन, पीडाहरु अमुल्य रहरहरुमा परिणत हुन्छन् । जिन्दगी एक भोगाइ हो, भोग्दै, सिक्दै अनि रमाउदै हिडौ ताकि भोलि यो संसारबाट टाढा भए पनि बाकि हुनेहरु हामीलाई सम्झिरहने छन्। समाप्त 
 By Indira Chongbang
09/26/2020

Saturday, September 19, 2020

Our life is the most precious gift in this world.



“Life is so precious! Live with love, joy, happiness, and abundance.”

― Debasish Mridha

Life is the most precious gift that we have to live and spend the beautiful moment in this world. Things can’t go well, the bad situation may hit or like this pandemic of corona virus gives time, regardless of those situation we are the healer, we are the winner because we can fight with anything that comes against our way. Our hope for betterment, our determination to enjoy the life and our strength to cope with the bad time are the real healer and controller of the mind and thoughts. Many people in the world

The view point of Astoria Park, NY

have lost their lives in this battle but some people lose their hope and leave this life by their own effort. This is the saddest ones to defeat in life and use own effort to go away.

I can face millions of hurdle, billions of problems but I can’t be coward on that extend because I understand how beautiful my life is, how precious my life and I know why I am born here in this world. Our life is the most precious gift and we always can enjoy this short span of life and spend the beautiful moment with full of joy and abundance. Happiness doesn’t come from the outside sources rather it comes from the mind and thoughts. We have to build it inside us, nourish us and have to plant inside of our mind to grow. We have to plant the seeds of happiness inside us, have to grow it watering and nursing it everyday. I can’t change the world if I am not happy by myself. I can’t help the people who need support if I am not strong by myself.

It is very important for each person to foster and grow oneself first. Without the inner strength of oneself, it is tough to make this world a better and safer place. That is why I understand my value in this world, you can let the people know how precious our life is, when you are strong then you can support to the people who are in need.

Life is not that easy and not that hard,  but if we are optimistic and positive only the beautiful things come in our mind. Our dream may ruin on its way but we can always have a choice in life to dream a new one, to find the another path and to seek the alternative in life. When somethings go away which is beyond our control, let it be and don’t be serious on what happened on the past. We can always assume ourselves in the beautiful garden where we can pick up many flowers as per our choice. 

We are the in charge of our own life and should live with the respect, dignity, and love.

The road to success is difficult but not impossible if we take an action and take a tiny step each day. Positive mind and thought always potrait the best things that is how I always see my brighter future /ahead, the beautiful dream ahead and believe that I have born to life the life with victory and abundance not to live in the poor thoughts and negative mentality. Our life is full of potential and unlimited happiness no matter what kind of difficulties, hardships, and problems come on our way. If we keep on trying to do a little effort, we will be a winner of tomorrow and regardless of what day we have today, the delighted space and the piece of heaven will be waiting for us to kiss.

That is why, I keep on dreaming no matter how many of them die on their way. One may end today but I can create a new one again for tomorrow. Someone may hurt me today, but I will be free of tensions tomorrow. Some door may close for me but I believe the better exit is waiting for me to enter. If the relationship ends with someone it doesn't mean I am ending now and it doesn’t mean the sky is falling. I am always open and strongest creature in the world, who can build many more beautiful things for me and for my loved ones. All of these came to me when I think our life is the most precious gift in this world. Let's join the hand together to make our life happier, prettier and to make this world better place for everyone!


By Indira Chongbang


09/19/2020