सहयात्री अनि साथ
जिन्दगी एक यात्रा अनि यस यात्राका कैयन् सहयात्रीहरू तर जन्म एक्लै, मृत्यु एक्लै । केवल साहारा जिन्दगीको केही पलका लागि । कसैको साथ बिनाको जीवन खल्लो लाग्छ एकाँङ्की लाग्छ त्यसैले त मानिस असल साथको खोजिमा भौतारिरहन्छ । जीवन जीउनलाई गाँस, बास र कपासको जरूरतभएझै साथपनि एक हो, किनकि जिन्दगी जिउदैजाँदा समयले नै मान्छेको भावनालाई यस्तो बनाँउछ जहाँ कसैको साथबिना जीवन निरस लाग्छ,
Photo Courtesy Mukkum Limbu |
यो यात्रामा कैयन् सहयात्री भेटिन्छन् कोही क्षणभरका साथ बन्छन् त कोही जीवनभरको साथ बन्छन् । सुखमा साथदिने हजारौ हुन्छन् तर दुःखमा साथदिने कमै हुन्छन् । " छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी " भने जस्तै जीवनलाई जीउँदै जाँदा कैयन् ठाँउमा लडिन्छ,कयौ ठाँउमा ठक्कर खाईन्छ त्यस्तो दुःखद समयमा साथ दिने साथी अनि आफन्तहरू अत्यन्तै कम नै हुन्छन् । जब कोही दुःखमा पर्छन् तब हिजोसम्म सँगै हिडेका सहयात्रीहरू पनि पराइ बन्छन्, उसलाई मैले कहि चिनेको होइन अनि देखेको पनि छैन जस्तै गर्छन् । विनास्वार्थ र स्वच्छ हृदयले साथ दिने अनि माया गर्नेहरू यो संसारमा कमै मिल्छन् जो नत दुःखमा छ भनेर पराई बन्छन् नत भाग्न नै खोज्छन् । जिन्दगीका हरेक पाईलाहरूमा यस्तै अनुभुतिहरू स्मृतिमा थपिँदै जान्छन् ।
साथ बिबिध भएपनि जीवनसाथी खास हुन्छ अनि प्यारो लाग्छ । यसैको साथले जीवन पूर्ण बन्छ । सोचे जस्तो हुन्न जीवन त्यसैले सोचेजस्तो अनि खोजेजस्तो सहयात्री कमैको भाग्यमा पर्छ । जीवनमा खुशि रहनका लागि होस् या त सफल बन्नको लागि होस् निस्वार्थ साथले सँधै अहंम भूमिका खेलेको हुन्छ । सफल व्यक्तित्वहरुको जीवनमा सदैब असल साथको अतुलनीय योगदान भेटिन्छ । थोरैमात्र मानिस सफलताको चुचरोमा पुगेका छन् किनकि सबैको भाग्यमा सोचेजस्तो साथ मिल्न असम्भब छ । सबैको चाहाना एउटै हुन्छ आफुले सोचे जस्तो, खोजे जस्तै सहयात्री मिलून् तर भाग्य सबैको बराबर कहाँ हुन्छ र ? कसैको साथमा बिसुद्ध माया, प्रेम र आदरले भरिपूर्ण हुन्छ तर उसँग सदैब भौतिक सामाग्रीको अभाव र समस्या हुन्छ । त्यसैले त्यो चोखो माया भौतिक बस्तुको अभावमा अपूर्ण हुन्छ अनि नमिठो बन्छ । उनीहरूको सामु अभाब र गरिबि नै मायाको खातिर पर्खाल बनेर अडिएको हुन्छ अनि त्यो सम्बन्ध खल्लो अनि असहजतामा परिणत हुन्छ । जोसंग प्रसस्त मात्रामा पैसा छ, भौतिक स्रोत र सामाग्री छ तैपनि कतिका मनहरू टाढै हुन्छन् किनकि उनीहरुलाई असल साथको मूल्य आभास नै हुन्नन् । सुरूका दिनमा असिम लाग्ने सम्बन्धहरू बिस्तारै मुल्यहिन बस्तुमा परिणत हुन्छन् । हिजोसम्म ऊ अर्थात् उनीबिना अधुरो लाग्ने जीवन आजसम्म आईपुग्दा बितृष्णामा परिणत हुन्छ । हिजो तिमीबिना बाच्न सक्दिन भन्ने भावनाहरु आज बरू एक्लै बाँच्छु भन्छन् किनकि जसको साथले जीवनमा खुशि होइन बरु पिडा दिएको हुन्छ । यसरी नै प्रगाड सम्बन्धहरू कठोर र स्वार्थी दुनियाँमा परिणत हुन्छन् जब एकले अर्काको भावना र महत्व बुझ्न सक्दैनन् ।यो दुनियाँ कोही कसैको नजरमा पूर्ण हुँदैन एकलाई मन परेको खाना अर्कोलाई मन पर्दैन, एकलाई मन पर्ने खेल अर्कोलाई मन पर्दैन किनकि हरेक व्यक्ति स्वयंम पृथक छन् । प्रत्येकको जन्मलिने वातावरण, शिक्षालिने तरिका अनि आमाबाबुले दिने शिक्षा अलग अलग छन् । जबसम्म जोकोहीले यो पृथकतालाई आत्मसात गर्न सक्दैन तबसम्म हरेक सम्बन्धहरू फिका र सतही बन्दै जान्छन् चिनी बिनाको चिया जस्तै, स्वाद बिनाको अचार जस्तै ।
जोकोहीपनि आफ्नो सहयात्रीबाट उत्तिकै माया, सम्मान र सहयोगको अपेक्षा गर्छन् जति जीवनको शुरूवात गर्ने क्रममा भएको हुन्छ । बिडम्बना समय बित्त्दै जाँदा मानवीय भावाना परिवर्तन हुँदै जान्छन् । जब कोही आफ्नो परिवारको चाहना र खुशि भन्दा आफ्नो इच्छा र चाहनालाई प्राथमिकता दिन्छ तब हिजोको प्रगाड सम्बन्ध खल्लो बन्दै जान्छ, अमिलो बन्दै जान्छ। हिजो गरेको बाचाहरु आज अर्थहिन बन्छ अनि जीवन सम्झौतामा चल्न थाल्छ ।
जीवनलाई सार्थक बनाउने जिम्मा सहयात्री दुबैको हुन्छ तर एकको मात्र प्रयासले न त त्यो पूर्ण बन्छ न त त्यो सम्भब नै हुन्छ। त्यसैले खुसि हुनु, सफल दाम्पत्य जीवन हुनु पुरुष र महिला दुबैको भूमिका उत्तिकै हुन्छ किनकि एकको मात्र प्रयासले यो असम्भब छ। हिजो सम्म भौतिक दुरी टाढा हुन्थ्यो तर मन सदा साथमा हुन्थ्यो तर आजभोलि भौतिक जीवन साथसाथमा हुन्छन् तर मनहरू टाढा हुन्छन् । परिवारको खुसीमा रम्ने मनहरू नै वास्तबमा सफल सहयात्री हुन् । केवल आफ्नो खुशि र आफ्नोमात्र चाहानालाई प्राथमिकता दिनाले आज भएको शुन्दर संसार भोलि उजाड मरूभुमिमा परिवर्तन हुन सक्छ । आजभएको उज्यालो दिनहरु भोलि अधेरी रातमा परिणत हुन सक्छ । आज सबै भुलेर खुशि हुने मनहरू भोलि बेदनाले गलाउन सक्छ । यदि आफ्नोमात्रै जीवन बाँच्ने हो भने भोलि यो गीत् जस्तै बन्छ "हु यात्री एक्लै हिड्ने अधेरी रातमा " ।
त्यसैले साथ अनि सहयात्रीको महत्व बुझ्नुहोस । तपाईहरूको सुन्दर जीवन देख्न चाहाने उही म ।
By Indira Chongbang
0 comments:
Post a Comment