कहॅा होला त्यो खुसी, कहॅा होला त्यो आहा ?
आहा फलना त अमेरिका छ है कत्ति मजा होला, फलाना त अस्ट्रेलियामा पो छ कति झकास होला ? नेपालमा रहॅदा र बस्दा सुनिरहने बाक्यॅासहरू हुन् यिनीहरू । तर जब अमरिका पुगे अनि यहॅा सुनिने ती आहाहरू अर्कै भए । अहिले म सुन्ने गर्छु त्यो आहा अमेरिकामा होइन त्यो त नेपालमै रहेछ । अहिले नेपालमा दशै तिहारको माहोल छ, बाहिर बस्नेहरूको सबैको नत छुट्टी छ, नत भेटघाटगर्ने अवसर नै त्यति सहज छ ।त्यसैले उनीहरू भनिरहेका छन् आहा नेपालमा कति रमाइलो, त्यतिका दिन छुट्टी, बाफरेबाफ बालापनमा गरेका ति रमाइला दिनहरू अब सबैको दिमागमा हुर्रिन थाल्छन्, छताछुल्ल भएर यत्रतत्र मडारिन थाल्छन् । अनि त साथीभाइ र आफन्तहरूसॅग फोनबाट त्यही रमाइलो दिनहरूको सम्झना गर्यो आफुलाई आफै चित्त बुझायो त्यो सिवाय केही उपाया हुन्न ।
By Indira Chongbang |
भनाइको तात्पर्य हामी जहिले पनि खुसीको खोजिमा भौतारिरहेका हुन्छौ । सदैब यस्तै लाग्छ त्यो ठॅाउमा पुग्न सक्ने मानिसहरू कति सुखी छन् होलान्, उनिहरूको जीवन कति आन्नददायी होला, आफुपनि त्यो ठॅाउमा पुग्न पाए अवश्य धेरैभन्दा धेरै खुसी हुन्थे होला । त्यस्तै सोचाइ प्रायको दिमागमा रहन्छ । अरूले गरेको काम बाहिरबाट हेर्दा सॅधै रमाइलो लाग्छ, आहा लाग्छ अनि आफ्नो चाहि जहिलेपनि बोरिङ, अल्यासपूर्ण अनि अहिले नै छाडेर हिंडौ जस्तो । हो अनि आफ्नो जीवन पनि हामीलाई त्यस्तै लाग्छ । आफ्ना जीवनका नराम्रा पाटाहरूमात्र आफ्नो अॅाखावरिपरि घुमिरहन्छ, आफ्नो जीवनको तिक्तताहरूमात्र दिमागमा सलबलाइरहन्छन् तर जब अरूलाई हेर्छौ उनीहरूको जीवन फेरि आहा नै लाग्छ । आहा त्यो फलानाले त कति धेरै प्रगति गरिसक्यो, घर किन्यो, जग्गा किन्यो, महॅगो गाडी किन्यो कति हो कति प्रगति पनि । यस्तै उस्तै अरूले गरेका अरूसॅग भएका समानहरू मात्र राम्रा लाग्छन् ।
त्यस्तै हामीलाई अरूको परिवारमात्र सुखी लाग्छ, खुसी लाग्छ अनि पूर्ण लाग्छ । अर्काको परिवार साथसाथमा हिंडेको देख्दा, अर्काले हॅासेको देख्दा, एकछिन रमाएको देख्दा उनीहरूको जीवन कति भरिपूर्ण लाग्छ, हराभरा लाग्छ तर यसो आफ्नो जीवन हेर्यो, आफ्नो परिवार हेर्यो सबैतिर नराम्रा लाग्छन् । अनि त नेपालमा बस्ने मानिसहरू अन्य देशमा रहेकाहरू चिल्लो कारमा हिढेका फोटोहरू देखेर, पिकनिकमा छमछम नाचेको देखेर अनि समुद्रको किनारमा बरालिएर रमाइलो गर्दै तस्बिरहरू लिएको देखेर सोच्ने गर्छन् आहा तिनीहरूको जिन्दगी क्या गज्जब! तर उनीहरूलाई के थाहा त्यही बाहिरी देख्ने आवरणभित्रपनि अरूले सोचेको जस्तो अनि देखेको जस्तो आहाहरू मात्र नभएर अनेकन् पीडाहरू छन्, ब्यथा र कथाहरू लुकेका छन् भन्ने ।
वास्तबमा मान्छेको जात नै सॅधै असन्तोकी अनि सॅधै बिलौनाका पात्रहरू हॅुदारहेछन् । आफ्नै देशमा रहुन्जेलसम्म कहिले बाहिर जाउ भन्ने जौडधुपमै ब्यस्त तर जब बाहिर गएर त्यही ठॅाउमा जीवन सुरू हुन्छ फेरि आफ्नै ठॅाउ, आफ्नै गॅाउघर फर्कौ फर्कौ लाग्ने । हो त्यसैले अर्काको जीवन सुन्दर देख्ने यी अॅाखाहरू, अर्काको जीवन सुखी ठान्ने हाम्रा मनहरू सबै भ्रम हुन् । अरूकोमात्र राम्रो देख्ने आफ्नो सोचहरू सबै भ्रम हुन् । अर्काको बगैचा हरियाली देख्ने तर आफ्नो सॅधै खोक्रो र निरस देख्ने सबै आफै भित्रिका कमजोरी अॅाखाहरू हुन् । किनकि बाहिर देखिने जतिपनि सुन्दर बस्तुहरू छन् तिनीहरूभित्रपनि त्यस्तै अन्य ब्यबधानहरू हुन्छन् ।
त्यसैले वास्तबिक जीवनमा आहा खोज्ने अर्थात खुसीको खोजि न कुनै बाहिरी चिजको प्राप्तिबाट हुन्छ न त कुनै देखावटी र बनावटी सम्बन्धहरूबाटै हुन्छ । सुन्दर बगैचामा ढकमक्क फुलैफुलको बिचमा मुस्कुराहट छर्ने तस्बिर किताब पुस्तकमा छर्दैमा त्यो ब्याक्तिको जीवन त्यति नै शुन्दर छ भनेर दाबी गर्ने मिल्दैन । सुटबुट लगाएर चटक्क परेर अफिसमा कम्युटर चलाउॅदै गरेको फोटो फेसबुकको भित्तामा पोस्टाउॅदैमा उसको जीवन आहा हॅुदैन । सॅधै अंकमाल गरेर हॅासिरहेको फोटो पोस्टाउॅदैमा उनीहरूको सम्बन्ध कहिल्यै छुट्नै नसक्ने कति प्रगाड, कति गाडा भन्ने अवश्यपनि हॅुदैन ।
यसरी सबैकुरालाई नकरात्मकरूपलेमात्र ब्याख्या गर्दा हेर्ने अॅाखा नै नराम्रो जस्तो लाग्न सक्छ । यध्यपी यो कुनै टिकाटिप्पणी नभएर वास्तविकरूपमा भोग्दै आएका तितो यथार्छहरू हुन् । त्यसैले कुनैपनि सुखको अनुभुति अर्थात खुसी न त कुनै ठॅाउमा पुगेर हुन्छ न त कुनै भौतिक चिजको प्राप्तिबाटै हुन्छ । असन्तोकि मान्छे एकको प्राप्तिपछि फेरि दोश्रो केहीचिजको प्राप्तिकोलागि भौतारिरहेको हुन्छ । आफ्नो जीवनलाई आहा बनाउनलाई अर्थात खुसी जीउनको लागि अर्काको आखाले देख्ने आहा होइन आफ्नो मनले देख्ने आहाको जीवन आफैले सृजना गर्नुपर्छ । त्यसका लागि जतिसुकै तपस्या र लगाब किन नगरौ तर यसको प्राप्ति सॅधै कठिन हुन्छ जबसम्म हामी आफ्नो मनलाई आफै बदल्न सक्दैनौ अनि अनाहटमा हामी सॅधै भौतारिरहन्छौ ।आफ्नै मनलाई जब शान्ति आफैबाट हुन्छ तबमात्र हामी हाम्रो मनको अॅाखालाइ बदल्न सक्छौ । त्यसका लागि आफुसॅग जे छ त्यसैमा रमाउनु सिक्नुपर्छ ।
जीवनमा नाम, दाम र पैसा भन्दा पनि सार्थक जीवन जीउनु हो, खुसी भएर, रमेर बॅाच्नुमा जति आनन्द न त कुनै बिलासिताबाट मिल्छ न त कुनै पैसाबाट नै किन्न सकिन्छ । त्यसैले त्यसको यो छ, उसको यो छ, उ त्यॅहा छ आदि इत्यादिले अरुको खुसीमात्र खोजिरहॅदा आफ्नो खुशिको कायापलट भएको थाहा नै हुन्न । त्यसैले अरूसॅग के छ भन्नुभव्दा आफुसॅग के छ त्यसको उच्च मुल्यॅाकन आफै गर्नुपर्छ ।
जुन परिवारमा माया, प्रेम र सद्भभाव कायम हुन्छ, एक अर्काको भावनाको कदर हुन्छ संसार त्यही स्वर्ग बन्छ । दुनियॅाले देखेको खुसी अर्थात आहा संसारमा त्यो भन्दा बढी कहि हुन्न जॅहा परिवारको माया र साथ हुन्छ, जॅहा माया र ममताको बास हुन्छ, मनमा शान्ति र सहानुभुति हुन्छ यथार्थ संसार त्यही स्वर्ग बन्छ । त्यसैले खुसी र आहामा कोही भौतारिरहनु भएको छ, छटपटाईरहनु भएको छ भने सोच्नुहोस त के त्यो तॅपाईको आफ्नो पकडमा छैन होला त ? दुःखी भएर या त रोएर जीवन कहिल्यै अघि बढ्न सक्दैन त्यसैले कॅाडाबिच पनि फुल बनेर हॅास्न सिक्नु पर्छ, त्यही हो जीवनको यथार्थ अनि त्यही हो जीवनको खुसी अर्थात आहा ।
The end
10/9/2022
0 comments:
Post a Comment