BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Facebook

Please like in Facebook Page

Pages

BB

Monday, November 30, 2020

तिम्रो फोनको स्त्री आवाज




 म तिमीलाई  बिर्सिन खोजिरहेको छु । हरेक दिन प्रयास गर्छु । तर पनि सकिरहेको छैन ।


अनि म नशामा हुन्छु र डुब्छु नी जब । तिमीलाई विर्सन खोज्छु, किनकी मैले यो सम्बन्धको कुनै गन्तब्य देखिन, न त मिठो अवसानको नै ।

म त केवल भावनामा एक्लै बहिरहँदो रहेछु । सपना एक्लै बुनिरह्दो रहेछु तर के थाहा तिमीसंग त्यो ठाउँ अघि नै पूर्ण भैसकेको रहेछ । मैले भुल्न नखोजेर नि के गरुँ ?


तिमीलाई देख्ने मेरो आँखा गलत रहेछ किनकि मेरो नजरमा तिमी संधै एउटा निस्वार्थ मान्छे, स्वाभिमानी मान्छे जसले हरेकलाई उत्तिकै सम्मान गर्छ, माया गर्छ ।


हो । मेरो अन्दाजमा तिमी एक अद्भुत ब्यक्ति हौ । हाम्रो बाबा आमाको संसार भन्दा अलग सोचको एक नयाँ अवतार हौ।

के मैले सोचेकै जस्तो तिमी हौ र ?

माफ गर, मलाई आजकल यस्तो प्रश्न मनको कुनै कुनाबाट पनि आउँछ । तर, होइन भन्ने जवाफ स्वीकार्न म अझै सकिरहेको भने छैन ।

म एक निर्दोष, संधै तिम्रो भलाइ चाहने, तिम्रो एक अभिन्न मित्र ।

हामी बिचमा एक घनिष्ठ मित्रता बाहेक अरु कुनै सम्बन्ध थिएन, किनकि हाम्रो पेशा एकै थियो । त्यसैले त हामी नजिक थियौँ । तर चाहेर या नचाहेर हामी यती नजिक भयौँ कि प्रत्येक दिन तिमीसँग नबोलेको पल खल्लो लाग्थ्यो, अधुरो लाग्थ्यो । अनि न्यास्रो लाग्थ्यो।

परिस्थितिले तिम्रो कर्म भुँमि बेलायत बन्यो, मेरो अमेरिका । तर यसले केही असर पारेन । किनकि हाम्रो मन संगै थियो । हामी हरेक दिन फोनमा दुख सुख साटासाट गर्थियौँ । यसैले हाम्रो भौतिक दुरीले हामीलाई कुनै फरक पारेन ।

समय कति चाँडो बित्दै गयो । तिमी बेलायत गएको पनि बर्सौ बितेछ । अनि म अमेरिका आएको पनि तेस्तै कैयन वर्ष बितिसकेछ । हामीले न त एउटा साथको कल्पना गर्यौ न त कुनै प्रेम को नै । तर पनि मेरो एक्लोपनमा तिम्रो हरेक दिनको फोन वार्ताले मलाई संधै तिम्रो सामिप्यको अनुभूति दिइरह्यो ।

शायद धर्तीमा तिमी नै मेरो यति नजिकको मान्छे थियौ जसले मेरो स्वास्थ्य अनि हरेक बिषयमा चासो राख्थ्यो । खुलेर तिमीले कहिले मलाई माया गर्छु भनेर भनेनौ तर मलाई तिम्रो ब्यवहारबाट प्रस्ट थाहा थियो, तिमी मलाई यति धेरै माया गर्छौ आफु भन्दा पनि बढी । हो, मेरो पनि यही कमजोरी थियो । मेरो मनको कुरो कहिले पनि भनिन । बिस्तारै बिस्तारै म तिम्रो प्रेममा फस्दै थिएँ । प्रेमका तुसाराहरु आफसे आफ मेरो दिमागमा रंगिन भएर पलाउन थाले । धर्ती सुन्दर देख्न थालेँ । आकाश रंगिन लाग्न थाल्यो तिम्रो साथ संगै जिन्दगी रंगिन पाउन थालेँ ।


केही समय अघि देखि मेरो मनमा अनेक कुरो खेलिरहेको थियो । किन किन मनबाट पलाएको प्रेम पोखुँ जस्तै लागेको थियो। त्यसैले मैले यो कोरेकी थिए सिर्फ तिम्रो लागि ।


किन किन पिरतीको यो शहरमा आज मलाई घुम्न मन लाग्यो

तिमीले दिएको मिठो मिठो बचनभित्र आफै रम्न मन लाग्यो

तिम्रो हाम्रो साथ् युगौ युग संधै यस्तै बनिरहोस

किन किन यहि चाह्भित्र आफुलाई हराउन मन लग्यो।


हरेक दिन फोन गर्ने समय एकै थियो । मेरो साँझ पर्दा तिम्रो त्यहाँ रात हुन्थ्यो । म निदाउनु अघि तिमीसंग कुरा गर्ने आदत नै परेको थियो मलाई ।


एक दिन अचम्मै भयो । त्यो दिन फोन आएन तिम्रो । मलाई एकदम छटपटी भयो । म निदाउन सकिन तिमीसंग फोनमा कुरा नगरी। त्यसैले हत्त न पत्त तिमीलाई फोन गर्न पुगेँ । तिम्रो सन्चो बिसन्चो बुझ्न हतार यो मन जब कुनै परिचित महिलाले फोन उठाइन, तब म झसङ्ग भएँ ।


मैले तिम्रो नेपाल देखिकै साथी भएको अनि तिम्रो नजिकको साथी भएको सबै कुरो उनीसँग बताएँ । उनले पनि तिमी केही समयको लागि बाहिर गएको अनि उनि पनि तिम्रो साथी भएको बताइन् ।


निक्कै लामो कुराकानी पछि मैले फोन राखेँ । तिमी राम्रै छौ भन्ने कुरोले जति मलाई खुशी दियो त्यति नै अर्को पीडा दियो त्यो कौतुहलले, तिनी को होलिन्, जसले तिम्रो फोन उठायो अनि साथीको संज्ञा दियो मलाई ।


दोश्रो दिन ।


तिम्रो फोनको इन्तजारमा थिएँ म । त्यही समय एउटा म्यासेजको आवाज आयो फोनमा ।

यो पक्कै तिम्रो म्यासेज हुनुपर्छ भन्दै म हतार हतारमा म्यासेज हेर्छु। मेरी साथि इन्नाले एक फोटो म्यासेज पठाईछिन् मलाई । कसको फोटो हो यकिन गर्न मुस्किल पर्छ । धेरै समय नियालेर हेर्दा थाहा हुन्छ, त्यो अरु कोहि नभएर मेरो प्रिय मित्र कमलको अर्थात तिम्रो विवाहको फोटो हुन्छ ।


ओहो, मैले देखेँ तिम्रो विवाहको तस्बिर ।


म एकदम जिज्ञासु भएर इन्नालाई फोन गर्छु तब थाहा हुन्छ तिम्रो बेलायतमा बिबाह भएको पाँच वर्ष भएछ । मलाइ अचम्म लाग्यो । आश्चर्य लाग्यो । पृथ्बी उल्टो भए जस्तो लग्यो। जुन साथीलाई मैले आफु भन्दा धेरै विश्वास गरेँ । उसले किन मलाई यसरी छल्यो ? उसले किन मलाई मबाट उनको वास्तविकता लुकायो ? यसैले मलाई जलाई रह्यो अनि म जली रहेँ ।


मेरो भावना उनलाई पुर्याउने एउटा सानो प्रयास गर्दै थिएँ, बिडम्बना परिस्थिले कोल्टो पर्यो। तिमी फेरि पनि म संग फोनमा बोलिरहन्थेउ तर फेरि पनि त्यो यथार्थ नबताइकन । किनकिन मलाई तिमीलाई मैले केही भन्न सकिन न त कुनै गुनासो नै गर्न सके।

किनकि म न त प्रेमिका थिएँ, न कोही । सिर्फ थिए त एउटी साथी । एकदिन साहस बटुलेर त्यो युवती को थिइन् भनेर सोधेँ, तिमीले कुरा लुकायौ । मलाई फेरि छल्न खोजेको आभास प्रस्ट थाहा पाएँ । अबो धेरै दिन तिम्रो नाटकसंग मेरो जिन्दगी बन्धकी राख्न सक्दिन । म त्यसैले यो कोर्दैछु आज यो कथा ।


कसम,


मलाई थाहा थिएन कोहीसँग यस्तो प्रेम बस्छ जिन्दगीमा भन्ने । जसबाट न त छुटकारा पाउन सकिन्छ न त कुनै पार पाउन सकिन्छ । म जानी नजानी यस तलाउभित्र पसेँ ।


भगवान कसम, मैले कसैप्रति कसैको जीवनमा कहिले खोट पार्न चाहिन । अहिले सम्म त म हरेक पल तिम्रो सम्झनामा बाँचेकी छु। तर म कुनै दिन पराइ भए भने त्यहि सम्झिनु मैले देखेको संसार अनि तिमीसंग भएको तिम्रो संसार ।

जहाँ तिमी बिनाको पल, म बिना तिम्रो पल । पक्कै अधुरो होला, हुन्छ नै । अपुरो हुन्छ नै ।

तर, त्यसैमा खुशी हुनु है ।


अनि मलाई एउटा सपना सम्झेर संधैको लागि भुलिदिनु ल ।


( यो कथा एउटा काल्पनिक हो । कसैको नीजि जीवनमा मिल्न गए त्यो केवल संयोग मात्र हुनेछ 

Published in )https://www.khulanepal.com/2020/11/30/18912/?fbclid=IwAR0KjwgiyXA1v1xrXGbREJpr4aE4TvNc6lNJiLs28pfnkT6a_8yOwtUKJQI

0 comments: