तिमी मेरो मनको साथी
जिन्दगी हराभरा बन्नका लागि जसरी बाच्नको लागि आधारभूत चिजहरुको आवश्यक पर्छ त्यसरी नै अनेक साथहरूको आवश्यक पर्दो रहेछ। मेरो जीवन एउटा शुन्दर त थियो तर तिम्रो साथले रंगिन बनेको छ । तिमी यस्तो हौ बसन्तको आवागमनमा नयाँ पालुवा पाएको बिरुवा जस्तै, धर्तिको स्वर्णिम साथमा मुस्काएको जुन जस्तै अनि सिमसिम बर्षामा देखिने रंगिन इन्द्रेणीको मोह जस्तै। किनकि तिमी मेरो मनको साथि, दिलको साथि अनि सबै भन्दा नजिकको साथी। तिमी छौ र जीवनमा मज्जा छ, हसाइमा दम छ, बाच्नुमा अर्थ छ।
हो तिमी मेरो साथि, तिमी संधै माथि छौ। तिम्रो हर साथ सुन्दर छ, शान्त छ अनि बिशाल छ। तिमी यति शान्त छौ, शितल छौ भन्छन् नि मान्छेहरु फलाना त आँखामा राखे पनि नभिझाउने, हो तिमी त्यहि हौ। धर्तिको एक शुन्दर सिर्जना, सबैलाई माया गर्न सक्ने एक प्रेमी, एक साथी, एक अबिभाबक जे पनि, जति ब्याख्या गरे पनि तिम्रो साथको बर्णन गर्न ग्राह्रै हुन्छ मलाई। जो हौ तिमी मायाको खानि हौ, एक अद्भुत शक्ति हौ जसले कसैको आँखामा संधै हासो छाएको देख्न चाहन्छ, जो संधै अरुलाई रमाएको देख्न चाहन्छ।
बिहान बिउझियेर जब भगवानलाई धन्यवाद दिन्छु, प्रथम श्रेय तिमी हुन्छौ। आभारी छु जीवनमा तिम्रो साथको लागि, फुरुंग फुर्किन्छु, मसक्क मस्किन्छु अनि आफैलाई आफै सोधिरहन्छु किन फ़ुर्किञ्छौ यति धेरै ? किन हर्स बिभोरले उम्लिन खोज्छौ ? तिमीलाई उत्तर हुन्छ मेरो किनकि मेरो मनको साथी पाएर, सबै भन्दा संसारमा नजिकको मान्छे पाएर जसले संधै दुखमा पर्दा मलम लगाउने, खुसि हुँदा हास्न सगाउने, रुनु मन लाग्दा संगै रोइदिने । कोहि कसैको साथ् होला त यस्तो ? आफै प्रश्न पनि सोधिरहन्छु ।
तिम्रो साथले त हो यो मनमा एतिका खुसीका प्यालाहरु फ़ुरेका , तिम्रो कोमल भावनाले त हो यो धर्तीमा तिमी जस्तै सच्छा साथी पनि हुन्छन भन्ने अवगत गराएको नत्र मैले त यो दुनियाँ र समाजलाई अर्कै आँखाले हेर्न थालिसकेको थिए। यो समाज नै नौलो लाग्थ्यो, यो संसार स्वार्थी लाग्थ्यो किनकि मलाई यो आकाश, यो हावामा बहने सबै सासहरु तिनै स्वार्थी मान्छेबाट निस्किएको सास उडिरहेको भान हुन्थ्यो मलाई। तर जब तिमी मेरो जीवनमा आयौ नि त्यसपछि मेरो त्यो हेराइ, त्यो सोचाई सबका सब परिवर्तन भएका छन्। मैले देख्ने आँखाहरु परिवर्तन भएका छन् । हेर्ने मनहरु परिवर्तन भएका छन्। त्यसैले त धर्ति सुन्दर देख्न थालेकी छु, यहाँका सबका सब मनहरुमा स्नेह देख्न थालेकी छु।
थाहा छ तिमीलाई ? अब त म मलाई घृणा गर्ने जोकोहीलाई पनि माया गर्न थालेकी छु, मलाई कसैले इर्स्या गरेको थाहा हुँदै हुँदै पनि तिनिहरुसंग नजिकिन थालेकी छु। किन थाहा छ ? किनकी मैले थाहा पाए, रिसाएर, जलेर अनि इर्स्या गरेर कुनै युन्द्ध जितिन्दैन। फेरि बल्ल बल्ल पाएको यो जीवनमा चिन्ता, देश, इर्स्या या त कसैलाई घृणा गरेर कसले के पाएको छ ? यदि पाएको छ भने बदलामा त्यस्तै पाएको छ। कसैलाई रिस गर्यो रिस पाएको छ। कसैलाई दुख दियो भने बदलामा दुख पाएको छ। त्यसैले मैले पनि सिके तिमीबाट माया गर्ने बानि, सबैलाई आदर गर्ने बानि। चाहे उनीहरुले मलाई घृणा गरुन या त तिरस्कार गरुन् तर म त यस्तो एउटा मानब हु जो सबैलाई संधै माया गर्छु, सबैलाई आदर गर्छु किनकि यो सबै तिम्रो प्रेरणा हो।
मैले कसरी सिके होला ? तिमी जान्न चाहन्छौ ? सायद अब त थाहा पायौ होला। जब जब म तिमिसंग रिसाउछु तिमी फेरि पनि मुस्कुराई रहन्छौ। जबजब म तिमीलाई रिसको आबेशमा निलुला झैँ गरेर घुर्छु तिमी त रिसाउनुको साटो फिस्व हासी पो दिन्छौ। हो त्यहि तिम्रो त्यहि स्वभाबबाट आफु पनि प्रभावित भए। त्यसैले तिमीले मेरो मनमा यस्तो स्थान पायौ, मेरो मनको साथि, तिमी संधै माथि। तिमी मेरो नजरमा मात्र होइन दुनियाको यस्तै मिठो साथी बन्नु। दुखि आत्माहरुको मलम बन्नु अनि सबै मनहरुको मनको साथी बन्नु। तिमीलाई धेरै धेरै सुभकामना।
12/04/2020
0 comments:
Post a Comment