BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Facebook

Please like in Facebook Page

Pages

BB

Monday, May 25, 2020

जिन्दगीका रंगहरू



जीवन भन्नु नै बिभिन्न रङ्गहरूको सम्रिशण हो । जसरी सप्तरंङ्गी रंगहरूको मिश्रण इन्द्रेणी सुन्दर हुन्छ जीवनपनि त्यस्तै बन्छ जब यो रंगिन बन्छ । विना रंगको जीवन स्वादबिनाको हुन्छ, सादा अनि खल्लो लाग्छ । त्यसैले त जीवनलाई हराभरा बनाउने अर्थात सुन्दर बुट्टा भर्ने रंगहरू नै हुन्  । जीवनका रंगपनि ऋतुहरू परिवर्तन भएजस्तै
परिवर्तन भइरहन्छ। कहिले बसन्तको हराभरा सँगै फुलैफुलको गुच्छाहरूले जीवन रंगिन्छ बन्छ त कहिले  शिशिरको पतझडसँगै जीवन रंङ्गिदिन्छ । कहिेलेकाही जीवन खुशि नै खुशिको बर्षातसँगै नाचिदिन्छ त कहिले खहरे भेलसँगै उर्लिदिन्छ । ऋतुहरूसँगै बदलिरहने जिन्दगिका अनगिन्ति पलहरू यसरी नै परिवर्तन भईरहन्छन् जिन्दगीका रङहरू।

"सोचेजस्तो हुन्न जीवन, भोगे जस्तो हुन्न जीवन " हो जिन्दगीका रंगहरूपनि यस्तै यस्तै हुन्छन् । आफ्नो चाहाना भन्दा धेरै टाढा कल्पनाभन्दा सदैब बाहिर । कहिलेकाही जीवन बिना सुगण्धको फुल जस्तै, बिना घामको बगैचा जस्तै अनि खुशिबिनाको मुस्कान जस्तै बन्छ यद्धपि हरेक क्षणलाई आत्मसाथ गर्नको अर्को बिकल्प नै हुन्न। धैर्यता र आत्मसाथले नै फेरि  नयाँ रंगहरूको पालुवा पलाउन थाल्छ, रंगिन फुलहरूको सुगन्धले जीवनमा  फेरि नयाँ जोस जागर र उत्साह दिलाउन थाल्छ ।

वास्तबमा जीवनलाई आफुले सोचेजस्तै रंग भर्ने हामी सबै रंगकर्मी हौ । आफ्नो जीवनलाई कुन रंगको प्रयोगले सुन्दर बनाउने यो हाम्रो आफ्नै कला हो, किनकि हरेकको रोजाइ आ आफ्नै हुन्छ; कसैलाई चम्किलो रंग मन पर्छ भने कसैलाइ हल्का या फिका रंग मन पर्छ । त्यसैगरि आफुलाई कुन कुराले खुशि दिन्छ भन्ने निर्क्योल पनि आफै निकाल्न सक्छौ तर यथार्त यही हो कतिपय चिजहरू हाम्रो आफ्नो पहुँच भन्दा धेरै टाढा हुन्छ ।तर कहिलेकाही यस्तो समयपनि आँउछ जसलाई हामीले चाहेर पनि बदल्न सक्दैनौ, अनि सत्यलाई स्विकारेर जीवन बाँच्न बाध्य हुन्छौ। यिनै यथार्तहरू जीवनको नरमाईलो रङ बन्छ, बिना चाहाना अनि बिना ईच्छाका क्षणहरू जीवनको तितो रंङ हुन् । यिनै परिस्थितिहरूसँग लड्नको लागि आत्मबल धैर्यता र साहस नै महत्वपूर्ण आयाम बन्छ जसले अनेकन् चुनौतिहरूलाई आत्मासाथ गर्दै अघि बढ्ने हौसलाहरू दिइरहन्छन् ।

यदि हेर्ने मन राम्रो छ भने दःखमा होस यात सुखमा होस जीवन सँधै सुन्दर बन्छ किनकि खुशि नै खुशि र सुखैसुखभन्दा सुख दुख, हासो र रोदनको समिश्रणले नै जीवन रंगिन बन्छ, जीवन भोगाइका अनेकन पाटोहरूले यसमा सुन्दरता भर्दै जान्छ ।हुनत मानिसले आफ्नो चाह अनुसार नै परिस्थितिलाई सहज बनाउँदै लान्छ, नयाँ कलाहरू सिक्दै जान्छ अनि आजको अपूर्ण जीवन भोलि फेरि पूर्णतातिर लम्कदै जान्छ । यिनै पाटोहरू अनि भोगाईहरू  नै जिन्दगीका अनगिन्ती रंङहरू हुन् जसले जीवनलाई सिंगारिरहन्छ।

यदि नियन्त्रणभन्दा बाहिरको परिस्थितिलाई जहिलेपनि जीवनको भोगाइ सम्झेर दुःखि भए जीवनको यो अमुल्य समय त्यतैतिर खेर जान्छ ।समय फेरिपनि फर्केर  आफ्नो पासमा आँउदैन अनि यो आफ्नोबशमा पनि छैन त्यसलै पश्चताप गर्ने अनि दुःखी भएर बस्ने भन्दा धैर्यता बटुलौ, साहसी बन्न सिकौ जिन्दगीको हरेकमोडहरू परिवर्तनशील छ त्यसैलाई आत्मसाथ गरौ । आजको बन्दी जीवनले चाँडै नै खुला रंगमञ्चमा नाच्न पाओस्, आजको त्रासदिपूर्ण कल्पना भोलि हासो नै हासोको मुस्कानले भरियोस । मेरो मात्र होइन यहाँ सारा संसारमा शान्ति छावोस, सबका सब जीवनमा खुशि नै खुशिको रंङले भरिपूर्ण बनोस् मेरो यही सदैब सबैमा शुभकामना ।
By Indira Chongbang

0 comments: