BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Facebook

Please like in Facebook Page

Pages

BB

Sunday, January 17, 2021

मेरो मनको गुनगुन तिमी


  




पारी छितिजमा जब जब जुनको  मधुमय सुसेली देख्छु तब तब  तिम्रो यादको चुस्किले एकपल बेचैनी बनाइदिन्छ  यो मन। फेरि म त्यही कल्पनाको सागरमा  सयर गर्छु  जहाँ हामीले हाम्रो सपनाहरू साटेका हुन्छौ , जहाँ मायाको अथाह भुमरीमा हामी डुबुल्की मारेका हुन्छौ   अनि  सधैसधैका लागि दुइ मुटु एकै बनाएका हुन्छौ   । त्यहि पलमा जीवन रंगिन देखेका छौ अनि अनन्त सम्मका सपनाहरु साथ साथमा बुनेका छौ। हो त्यसैले त तिमी मेरो मनको गुनगुन हौ, कहिले पनि अन्त नहुने  अनन्तसम्मको प्यास हौ तिमी।  


तिमीबिनाको पलमा म शुन्य हुन्छु, तिम्रो सम्झना बिनाको जीवनमा म आफै खल्लो हुन्छु किनकी  तिमी नै जीवनको एक शुन्दर बगैचा हौ जहाँ म रम्न सक्छु।  तिमी नै मेरो निम्ति  मायाको बिशाल सागर हौ त्यसैभित्र डुबेर जीवनमा हास्न सक्छु।  म तिम्रो मनको हरेक प्यालामा  हुन्छु, म तिम्रो मनको हरेक संगीतमा हुन्छु त्यसैले त यी  छहरामा संधै नाचीरहन मन छ , त्यहि पहरामा तिमी संगै प्रिती साटीरहन मन छ । आहा जीवन कसैको होस् त हाम्रो जस्तो जहाँ केवल हासोको पल होस्, जीवनमा पूर्णताको आभास होस अनि जिउनुको अर्थ होस्। 


मलाई  जुनको  मुस्कान जस्तो  तिम्रो यौवन चाहिन्छ,मलाई तिम्रो माया  जस्तो  हरेक बिहान चाहिन्छ किनकी   त्यसैले त म  तिम्रो चोखो पिरतीमा डुब्न सक्छु , तिम्रो मुटु  संग मेरो   मुटु साट्नु सक्छु । हासोको हरेक पलहरुमा तिम्रो चेहराको आभास  हुन्छ, मायाको हरेक नामहरुमा तिम्रो नै त्यहाँ  उपस्थिति हुन्छ। त्यसैले त यस बिशाल संसारमा  दुइ अलग लिङ्गको उपस्थित रहेछ,  जीवनमा तिम्रो मेरो कथाको सार जस्तै, दुइ  अलग जीव  तर एकै मन र मुटु।  जुनसंगै हासिदिने पलहरु, भावानासंगै रमाइदिने क्षणहरु केवल यसैको सिर्जना हो, तिम्रो मेरो मनको मिठा मिठा बातहरु। 


जगतमा हजारौले आशुको पिडा भोगिरहंदा पनि हामी भने  केवल हासोको मोल गरिरहेका छौ किनकी हामीलाई यो सुन्दर जीवन पूर्ण बनाउनु छ, मर्ने एउटा कारण होलान्, बाच्ने हाम्रो हजार रहर छन्, रुने त एउटा  कारण होलान् , हास्ने हाजारौ बहाना छन्।  त्यसैले हामी हासिरहन पाउ, यसैगरी बाचिरहन पाउ ।  जबसम्म यो धर्तीमा यो सास रहन्छ तबसम्मका लागि आशाका दियो बालिरहन पाउ।   यहि संधै कामना गरौ जीवनमा तिमी र मेरो सानो प्रयासले संधै  यो धर्ति सुन्दर बनाइरहन पाउ, अनि त्यही भावनाको डुंगामा हामी दुइ सयर गरिरहन पाउ। 


अजम्बरी अबश्य कोहि हुन्नन् यहाँ तर प्रत्येक दिन कसै न कसैको मृत्युको खबरले मुटु नराम्ररी झस्किन्छ, मन नराम्ररी कटकिन्छ ।  त्यो दिन सम्म रहूला या त नरहुला तर हाम्रो यो सुन्दर पलहरु, मिठो सपनाहरु संधै बाचिरहोस।  मान्छे एकदिन धर्तीबाट टाढा गए पनि यो कल्पनाका सुन्दर स्वरुप, स्वर्णिम फूलका गुच्छाहरु संधै यहि धर्तीमा यो पिरतीको मिठो सुगन्ध छरेर बाचिरहोस।  हामी यस धर्तिको एउटा सानो कण हौ जो जहिले पनि जुनसुकै समयमा बिलाउन सक्छौ, तर यो पबित्र मनहरु संधै बाचिरहोस त्यसरी नै जसरी हामी हो जीवनमा हाम्रो मायाको अमुल्य पलसंग रुमलिएर बाचिरहेका छौ। भोलिको सुन्दर पललाई भावनामा साचेर हासीरहेका छौ।  यति सुन्दर कल्पनाहरु संधै अमर रहोस, संधै फुलिरहोस अनि त्यसै गरि हाम्रो त्यो पिरती पनि संधै फुल जस्तै हासिरहोस। 



Indira Chongbang


01/17/2021




0 comments: