बन्द परिवेशभित्रका असिमित मनहरू
भौतिक शरीर एउटा फ्लायटभित्र कैदीजस्तै बाँचेको महिना दिनभन्दा बढी भयो तर मन भने असिमितरूपमा बहिरहन्छ । यो चञ्चल आकासमा उडिहिड्ने बादलजस्तै फैलिएर संसारको यात्रामा निस्करहन्छ । पानीजस्तै बहेर समुद्रलाई भेट्ने चाहराख्छ अनि अस्थिर भएर हावासँगै बहकिरहन्छ । हरेकदिन यहाँ यति त्यहाँ त्यतिको
मृत्यू भयो भन्ने समाचारसँगै नजानिदो पाराले मनमा त्रासभित्रिन्छ । मृत्यू सबैको लागि भयानक वस्त्र अनि कसैको नियन्त्रणभन्दा बाहिरी शक्त्ति ।सायद कसैको जीवन कसैसँग नजोडिएर एकाङ्की भएको भए मर्नदेखि
मृत्यू भयो भन्ने समाचारसँगै नजानिदो पाराले मनमा त्रासभित्रिन्छ । मृत्यू सबैको लागि भयानक वस्त्र अनि कसैको नियन्त्रणभन्दा बाहिरी शक्त्ति ।सायद कसैको जीवन कसैसँग नजोडिएर एकाङ्की भएको भए मर्नदेखि
" मर्न यहाँ गाह्रो हुन्न " भन्ने फत्तेमानको गीतको आसाय यहाँ फल्प भएजस्तो लाग्छ किनकि मर्न त होइन यसको कल्पना गर्नसम्म यहाँ कठिन हुँदोरहेछ । सबैसँग जीवनमा बाँच्ने रहरहरू छन्, जीवनलाई हराभरा बनाउने सपनाहरू छन् अनि आफ्नो दायित्य र कर्तब्य पुरा गर्ने सोचहरू छन् । यो बन्दी जीवनमा जति नै ब्यस्त जीवन बाँचेपनि मृत्यूले टाढैबाट चिहाईरहेको आभास हुन्छ, थाहै नपाई यो डर सुटुक्कै मनभित्र प्रवेश गरिरहन्छ। हप्ताको पाँचदिन मुक्कुमको अनलाइन क्लास अनि आफ्नोपनि केही अनलाइन काम, घरको सरसफाई, पकाउ, खुवाई यतिधेरै ब्यस्त रहेपनि कहिलेकाहीभने उकुसमुकुस लाग्छ । कुनै कामै नभएको फुर्सदिलो र बेकम्मा भएको महसुस हुन्छ । अहिले यहाँ म मात्र होइन संसारमै सबैजना घरभित्रको बन्दी जीवन बाँचेका छन् त्यसैले संसारमा सबैले भोगेका साझा समस्या हन् भन्ने सोचले आफैलाई सम्झाउँछु । यो समयमा बाल्यकाल देखिका या लामो समयसम्म सम्पर्कै नभएका साथीहरूसँग पनि फोनमा या मेसेन्जरमा भेट हुने अवसर चाँहि जुरेको छ । न्यूयोर्क कोरोना भाइरसको इपिसेन्टरको कोपनि इपिसेन्टर भएकोले म न्यूयोर्कमा छु भनेर थाहा पाउने संसारभर छरिएर रहेका आफन्त र साथीहरू मलाई सम्झेर फोन गर्छन्, म्यासेज गर्छन् मेरो हालखबर बुझ्छन् ।यस अर्थमा भने खुशि लाग्छ आफन्त अनि साथीहरूले मलाई सम्झिरहेका छन् भन्ने सोचले आफै फुर्किन्छु, अनि असिमितरूपमा खुशिपनि हुन्छु । नकरात्मक भित्रको सकरात्मक पाटोपनि यस्तै रहेछ। जहिले हतार हतार काम जाउ आउ, आरामको लागि अनि बच्चाहरूसँग समय बिताउनको लागि शनिबार र आईतबारको प्रतिक्षा गर । जहिले घरमा बसेपछि त्यस्तो ब्यस्तताबाट छुटकारा मिलेको छ अनि सानो छोराले मनलाग्ने बित्तिकै आमाको काखमा आएर बुबु खान पाएको छ ।जुन उसले कम्तिमा दश घण्टाको प्रतिक्षा गर्नुपर्थ्यो । यिनै सकारात्मक पाटोहरूलाई सम्झिएर आफुले आफैलाई सान्त्वना दिने कोशिस गर्छु ।
म मेरा आफन्त र साथीहरूको नजरमा सँधै साहसि छु । मैले आफुलाई कमजोर महसुस गरेर कुनै म्यासेज अर्थात फेसबुक पोष्टमात्र गर्यो भनेपनि कसैलाई मन पर्दैन । अरूलाई सँधै सकारात्मक होउ भनेर सन्देश बाँड्ने तिमी चाँहि खोई ? यस्तै प्रश्नको बर्षा हुनथाल्छ । म मानसिकरूपमा बलियो छु भनेर बिश्वास गर्ने अनि हौसलादिने मेरा सम्पूर्ण साथीहरू अनि आफन्तहरूसँग आभारी छु कम्तिमा म जस्तो छु, त्यो आफ्नो ठाँउमा छ तर उनीहरूको नजरमा म सँधै बलियो अनि साहसि हुनपाउँदा आफै नतमस्तक बन्छु ।मलाई धेरैजनाले भन्ने गर्थे यिनी त छोरा भएर जन्मिनुपर्ने हो तर छोरी भइन्। छोरा मान्छेमात्र आँटिलो हुन्छ भन्ने जनविश्वासका कारण यो प्रसंग आएको हो भन्ने मलाई पूर्ण जानकार थियो तर मेरो बाबा सँधै छोरी र छोरा समान हुन् भनेर सोही हिसावले व्यवहार गर्नुहुन्थ्यो । बाबाको त्यो सोचाईमा कहिले पश्चताप हुन दिईन । आफ्नो पारिवारिक जीवन सुरु गर्नु अगाबै सकेसम्म बाबाआमा र परिवारको निम्ति केही गर्नुपर्छ भन्ने सोचलाई आफ्नो क्षमताले भ्याएसम्म गरे अनि गर्दै आएकी छु । वास्तबमा म आफैसँग यस अर्थमा गर्ब गर्छु किनकि जीवनका हरेक मोडहरूमा आईपरेका कैयन् कठिन परिस्थितिसँग लड्दै, सामाना गर्दै अनि बिसम समयसँग लुकामारी खेल्दै अघि बढीरहेकी छु ।दुःख र चुनौतिहरूले सँधै जीवनमा पाठ सिकाएको छ अनि यो सिक्नेक्रम अझैपनि धेरै बाँकी छ । आशा छ जतिपनि कठिनाईहरू आइपर्छन् सबैले केही न केही पाठ सिकाएर जान्छन् अनि म सिकिरहनेछु जबसम्म म यस धर्तिमा रहिरहने छु ।
सोचे जस्तो जीवन भने कसैको हुन्न रहेछ। विवाह नगरि बसेकाहरू सोच्छन् आहा बिबाहितहरूको जीवन कति रमाइलो होला, त्यसैगरि बिबाहित भएकाहरू बच्चा भएकाहरूलाई देखेर आहा उनीहरूको जिन्दगी । तर वास्तवमा नियाल्दै जाँदा कसैको जीवन आहा नहुँदो रहेछ । सबैसँग आ आफ्नै किसिमको समस्या अनि आआफ्नै किसिमको दुःख र भोगाई हँदोरहेछ। फरक त यति रहेछ कोही कैयन् दुःखलाई पनि हाँसिहाँसि पचाइदिने कोही भने दुःखी भएरै जीवन बिताईदिने । आफ्नै जीवनपनि यस्तै लाग्छ तर सबै दुःखलाई भुलेर मलाई भने जीवनमा रम्न मन लाग्छ, नाच्न मन लाग्छ अनि हाँसिहाँसि जीउन मन लाग्छ।
लामो समयपछि यो समरमा नेपाल जाने योजना थियो कोरानाले त्यो सपना पुरा हुन पाएन । यतिमात्र होइन अन्य कैयन् सपनाहरूलाई पनि यसले पछि धकेलिरहेको छ । बाँचिएछ भने सबका सब मनका चाहानाहरू पुरा गरौला तर जीवन नै नरहे के नै होला । त्यसैले अहिलेको बिसम परिस्थितिमा बाँच्नै सबैभन्दा महत्वपूर्ण छ सबै बाँचौ कसैलेपनि समय आउनुअघि बिदा लिन नपरोस् यही कामना गर्छु । कहिलेकाही त कुनै नौलो कामको शुरूवात गरौ झै लाग्छ त्यतिनै बेला झल्यास मरिने पोहोकि भन्ने शंकापनि लाग्छ । ७३ बर्षीय पाको आमालाई नेपालमा फोन गर्छु मनमा लागेको कुरोहरू सुनाउॅछु ।आमा म भन्दा हिम्मतिलो भएर केही पनि हुँदैन नआत्तिकन बस्नु भन्दै सम्झाउनु हुन्छ त्यसैले फेरि म नयाँ साहस बटुल्दै दैनिक जीवनमा व्यस्त हुन्छु । मन मन्दिरको भगवानलाई दिनमा दुईपटक पुकार गर्छु भगवान यो समस्या चाँडो भन्दा चाँडो समाधान गरिदिउ अनि मानवजगतलाई शान्तिपूर्वक यो दुईदिनको जीवन बाँच्न देउ यही पुकार छ मेरो सबैको लागि सँधैको लागि ।
By Indira Chongbaang
04/26/2020
0 comments:
Post a Comment