Pages - Menu

English

Story

Pages

Wednesday, April 22, 2020

खुशिको खोजि

जीवनमा सबै खुशि चाहान्छन्दुःखी भएर बाँच्न चाहाने यो दुनियाँमा देख्न धेरै कठिन हन्छ  तर खुशि कहाँ  ? कता पाइन्छ ? जसको खोजिमा कसैको सारा जीवनको उतारार्ध बितेको कसैको भोक तिर्खा हराएको  तथापि यो उडेको चरो झै अकासिएर उडिरहन्छ  यसलाई भेट्नको लागि कयौको त्याग तपस्या त्यतिकै खेर जान्छ अनि बिना खुशि जीवनको अन्त्य हुन्छ 
Finding the happiness within

यसरी खुशिको खोजिमा हर प्रयत्न गर्नेहरू यहाँ कयैन् छन्  उदाहरणको लागि जो बेरोजगार छन् उसको मनमा हन्छ जब मसँग आफूले चाहेजस्तो जागिर हुनेछ तब  खुशी हनेछु  जोसँग जागिर  तर घर छैन उसको मनमा हन्छ जब मसँग मैले सोचेजस्तो सुन्दर घर हुनेछ त्यसपछि  धेरै खुशि हनेछु  जब घर हुन्छ फेरि याद आँउछ भने जस्तो कार किन्न  अझै बाँकी   जब मसँग सोचे जस्तो कार हुन्छ तब खुशि हुन्छु  यसरी खुशीलाई आफ्नो भौतिक आवश्यकतासँग तुलना गर्दै अघि बढ्छन् मान्छे  तर यो तिनैको पछिपछि भागिरहेको हुन्छ  खुशिलाई आफ्नो आवश्यक साधनसँग तुलना गर्र्नाले यो झनझन् टाढा बनिरहेको हुन्छ  किनकि मानवीय आवश्यकता एक पछि अर्को गर्दै कहिले नटुङ्गिने यात्रामा अघि सरिरहन्छ  यसपछि खुशी हुन्छुत्यसो भएपछि खुशी हुन्छु भन्ने सारा सपनाहरू पनि त्यसैगरि निरन्तरूपमा भागिरन्छ 

यदि भौतिक सामाग्रीलाई खुशिसँग जोड्ने हो भने संसारका सबैभन्दा  धनाड्य ब्यक्तिवरू जेफ बेजोजबिल गेटसज्याकमा आदिजस्ता हुनुपर्ने हुन्  बिडम्बना उनीहरूपनि त्यही खुशि प्राप्तिको लागि हरदिन दौडिरहेका छन्  त्यसो भए संसारमा को होला जो आफ्नो जीवनमा खुशि नै खुशिको अनुभूत गर्न सक्छ ? के संसारका शक्तिशालि मानिने राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम हन् ? उनी  यस्तो खुशि ब्यक्ति कहलिनै सक्दैनन् किनकि हरेकदिन कसै  कसैलाई रिसाएर गालि गर्दै ट्विट गरिरहेका हुन्छन् 

संसारमा जोसँग पैसा  उपनि खुशि छैनजोसँग विश्वमा तहल्का हल्लाउन सक्ने शक्ति  उपनि खुशि छैन  यसरी खुशिको खोजिमा दौड्दा दौड्दै जीवनकोअन्तिम अवश्थामा पुगिसकेको कसैलाई आभास नै हुन्न किनकि खुशिलाई मानिसले गलत अर्थमा बुझेका हुन्छन्  खुशिलाई हामीले आफनो भौतिक स्रोत साधन या  मान पधविसँग जोडेर हेर्छौ  जब एकपछि अर्को आवश्यकता बड्दै जान्छ त्यसैगरि हाम्रो खुशि पनि टाढा टाढा भागिरहेको हुन्छ 

वास्तबमा भन्ने हो भने खुशि भन्ने शब्द नै यस्तो प्रवल शक्ति हो जसलाई करोडौ रूपैयाँमा पनि खरिद गर्न सकिँदैन  यो नत कुनै भौतिक ऐस आरम कुनै बिलासी जीवन ले खरिद गर्न सकिन्छ। तर यो त्यतिकै सरल अनि सहज पनि  जसलाई बिना पैसा  पदवीपनि आर्जन गर्न सकिन्छ झुपडिमा बसेर पनि कोही स्वर्गको आनन्दमा सजिलै सयर गर्न सक्छन्  संसारकै खूशी भएर पनि बाँच्न सक्छन्  तर महलमा बसेर बिलासी जीवन जीउनेका लागिपनि खुशि टाढा भागिरहन्छ किन ? किनकि जीवनमा केही नभएरपनि कसैले जीउनु जानेको हुन्छआफूसँग भएको चीजहरूसँग सन्टुष्टी  हुन्छ , अनि खुशि त्यही मौलाएको हुन्छ  तर भौतिक साधन  बिलासी जीवनले मात्र खुशि दिन सक्दैन यदि  जीवन जीउन जानेन भने 

त्यसैले खुशि कुनै भौतिक साधनसँग नभएर हरेकको मनको बिशाल बगैचामा उब्जिन्छ जब त्यस शुन्दर फुलबारीमा मायाप्रेम,सद्भभाब  आत्मसम्मानको सुगण्ध फैलिन्छ  जीवन जति सुन्दर  भएपनि खूशिको अभाबमा शिशिरको उजाडिलो पतझर झै बनिदिन्छ तर हामी संसारलाई  जब माया  प्रेमले हेर्छौ त्यही सँसार स्वर्ग बन्छत्यहीभित्र खुशी मौलाउन थाल्छरम्न थाल्छझाँगिन थाल्छ  भौतिक आवश्यकताले दिने खुशी सँधै अस्थायी हुन्छन् किनकि आज भएको रूपैया भोलि सकिन सक्छ आज भएको पदबि भोलि खोसिन सक्छ तर मन सुन्दर भयो भने यी सुन्दरताबाट पलाएको खुशिमात्र स्थायी हुन्छ जसलाई   कसैले खोस्न सक्छ नत कसैले चोर्न नै सक्छ  त्यसैले खूशिलाई बाहिरी दुनीयाँमा खोजेर पाईन्न यो  केवल आफूभित्र अनि आफ्नै मनसँग जोडिएको हुन्छ जब हामी आफ्नोमात्र सुखलाई नभई हामी  हाम्रो सुखलाई हेर्छौ तब खूशि आफै जन्मन थाल्छ आफैभित्र मौलाउन थाल्छ  नयाँ पालुवालिएर जीवन रंगिन बनाउन थाल्छ 

त्यसैले जीवनमा सफल हुन्छु त्यपछि मात्र धेरै खूशि हुन्छु भन्ने भ्रम कसैमा लागेको  भने आजैदेखि त्यसलाई भूलिदेउ  तिमीसँग जेछन् त्यसैमा सन्तुष्टी हुन सिकसबैलाई प्रेम गरअरूको दःखमा मलम लगाउकसैले गरेको गल्तिलाई क्षमागर  यसैभित्र जिन्दगीका सारा खूशिहरू मिल्नेछन् जुन खुशि नत पैसाले किन्न सकिन्छ   कुनै मान पदवि  ईज्जतले नै दिन सक्छ 

Indira Chongbang 

04/01/2020

No comments:

Post a Comment